aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गरिमा विकास बैंकको बुक क्लोज हुँदै, मंसिर १२ गतेसम्म लाभांश बुक गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
गरिमा विकास बैंकको बुक क्लोज हुँदै, मंसिर १२ गतेसम्म लाभांश बुक गर्न सकिने

काठमाडौं । गरिमा विकास बैंकको १३औं वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने निर्णय गरेको हो । 
साधारण सभाको प्रस्तावमा १६ दशमलव १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने रहेको छ । साथै यस बैंक सँग अन्य कुनै बैंक तथा वित्तीय संस्था मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारी गर्ने रहेको छ । 
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १३ गतेदेखि २७ गतेसम्म बन्द रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस