aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मोरङ्ग जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
मोरङ्ग जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको विराटनगर उपमहानगरपालिकास्थित मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मोरङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन बिहीबार मोरङ्गका प्रमुख जिल्ला अधिकृत श्री मदन भुजेलले एक समारोहका बीच उद्घाट्न गरेको हो । 

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ । 

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले दावी गरेको छ । 

उक्त बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस