aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रभु बैंकका लाभांश शुक्रबार पारित हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
प्रभु बैंकका लाभांश शुक्रबार पारित हुँदै

काठमाडौं । प्रभु बैंकको साधारण सभा शुक्रबार हुँदैछ । सभाले प्रस्तावित १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । साथै, हाल कायम संस्थापक तर्फको ५५ प्रतिशत र सर्वसाधारण तर्फको ४५ प्रतिशत शेयर स्वामित्वलाई संशोधन गरी संस्थापकतर्फ ५१ र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गराउन प्रबन्धपत्र संसोधनको प्रस्ताव माथी पनि छलफल हुनेछ ।


साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते बुक क्लोज गरेकाले कात्तिक २५ गतेसम्म कायम सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश दिने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस