aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सेञ्चुरी बैंकद्वारा निः शुल्क आँखा शिविर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
सेञ्चुरी बैंकद्वारा निः शुल्क आँखा शिविर


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको बैंकले जनाएको छ । 

सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस