
काठमाडौं । मुक्तिनाथ विकास बैंकले अवितरित हकप्रद शेयर आइतबारदेखि लिलामी गर्न लागेको छ । बैंकले संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता तथा सर्वसाधारणतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता गरी कुल ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता शेयर लिलामी गर्न लागेको हो ।
लिलामीमा मंसिर १५ गतेसम्म आवेदन दिन सकिन्छ । आवेदकले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य सय रुपियाँ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस