aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एन आई सी एशिया बैंकको शाखा स्याफ्रुबेसीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
एन आई सी एशिया बैंकको शाखा स्याफ्रुबेसीमा

काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट एक समारोहका बीच उद्घाटन गरेको हो । 

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस