
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले सुदेश खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । बैंकको शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
बैंकका सञ्चालक अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा काम गरिसकेका छन । वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन ।
प्रतिक्रिया दिनुहोस