aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवा बिकास बैंककद्धारा विद्यार्थिलाई ट्रयाकसुट वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
कामना सेवा बिकास बैंककद्धारा विद्यार्थिलाई ट्रयाकसुट वितरण

पर्वत । कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा पर्वतको कुश्मा शाखाले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थिहरुलाई १३ थान ट्रयाक सुट वितरण गरेको छ ।

एक कार्यक्रम विच  विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने उदेश्यका साथ ट्रयाक सुट वितरण गरिएको कुश्मा शाखाका प्रवन्धक तथा धौलागीरी कलस्टर ईन्चार्ज टंकनाथ लामिछानेले बताए ।

शुक्रवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्त्रण गरिएको हो  । विद्यालयका प्र.अ. टेकनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत डिमुवा शाखाका प्रवन्धक धु्रव पौडेल तथा संचालन कुश्मा शाखाका सम्वन्ध प्रवन्धक किसोर तिमिल्सीना गरेको थियो । 

कार्यक्रममा नगर शिक्षक संगठनका अध्यक्ष भिमराज सापकोटा तथा शिक्षकहरु ले मन्तब्य रोखेका थिए । बैक ले गरेको सामाजिक कार्यको प्रशसा गर्दै भोलिका दिनमा सहयोग आदान प्रदान गरिने प्रअ अधिकारीले बताए ।

सोही कार्यक्रममा बैकले प्रदानगर्ने सेवा सुवीधा को वारेमा जानाकारी साथै वैकले समाजमा गरेको सहयोगको चर्चा गरीएको थियो । धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्दैआएको लामीछानेले बताए ।

हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ  धौलागिरी क्षेत्र अन्तर्गत वाग्लुङ्ग वजारमा निकट भविश्यमानै शाखा खोल्ने तयारी रहेकोसमेत खुलाए ।
 

प्रतिक्रिया दिनुहोस