
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको २२ दशमलव ५० प्रतिशत् नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । उक्त बैंकले मंसिर २३ गते वार्षिक साधारण आयोजना गर्न मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश सुरक्षित गर्न आइतबारभित्र सेयरधनी बनिसक्नुपर्ने घाेषणा गरिसकेकाे छ ।
सभामा बैंकले २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । गत वर्षको नाफाबाट चार्टर्डले यो नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभामा बैंकको नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया दिनुहोस