
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाकाे शनिबार बसेको सञ्चालक समिति बैठकले २८ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको गत वर्षको नाफाबाट २७ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ४३४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिने जनाएकाे छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २ लाख रुपैयाँ नाघ्नेछ ।
प्रतिक्रिया दिनुहोस