
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सोमबार हुँदैछ । सभाले कम्पनीको गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस