aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको  भैरहवा शाखाले सिद्घार्थनगर न. पा.–८, नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयको लागि बाल उद्यान सामाग्री वितरण गरेको छ ।

गत शुक्रबार एक कार्यक्रमका बीच बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भ¥याङ लगायतका सामाग्री हस्तान्तरण गर्नुका साथै वित्तीय साक्षरता कार्यव्रmमसमते गरेको थियो ।

सिद्घार्थनगर न.पा. वडा नं. ८ का अध्यक्ष राजन जंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी , महालक्ष्मी बिकास बैंकका बिभन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, शुक्रबार नै बैंकको नेपालगञ्ज शाखाले नेपालगञ्ज उप–महानगरपालिका– ६ मा अवस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यव्रmम सञ्चालन गरेको छ । 

शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस