
काठमाडौं । संघीय संरचनामा गएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच विस्तार गर्न शुरु भएपनि अझै १२ स्थानिय तहमा शाखा विस्तार हुन बाँकी रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ असोजसम्म कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४१ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका हुन् । दुर्गम स्थानीय तहमा शाखा विस्तार गर्न अग्रसर नभएका वाणिज्य बैंकलाई केन्द्रीय बैंकले दबाबसँगै सहजीकरण तथा प्रोत्साहनसमेत गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ असोज मसान्तमा १ सय ६५ रहेको छ । यस अनुसार २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६ सय ८६ रहेकोमा २०७६ असोज मसान्तमा ९ हजार १ सय १० पुगेको छ । राष्ट्र बैंकले हरेक स्थानीय तहहरुमा अनिवार्य रुपमा वाणिज्य बैंकको एक शाखा पु¥याउने लक्ष्य लिएको थियो ।
प्रतिक्रिया दिनुहोस