aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैंक अफ काठमाण्डू काण्डका दुई जना धरौटिमा छुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
बैंक अफ काठमाण्डू काण्डका दुई जना धरौटिमा छुटे

काठमाडौं । बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी सहित दुई जनालाई एक करोड धरौटिमा छुड्ने सार्वेच्च अदालले आदेश दिएको छ । सर्वोच्च अदालतले पाटन उच्च अदालले थुनामा राख्ने अजय श्रेष्ठ र किरण कुमार बोहरालाई थुनामा राख्ने आदेश खारेज गर्दै धरौटिमा छोड्ने आदेश दिएको हो । आइतबार न्यायाधिश सपना मल्ल प्रधान र कुमार रेग्मीको इजलाशले उनीहरुलाई धरौटिमा छोड्ने आदेश दिएको छ ।  

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।उता झापा जिल्ला अदालतले  पनि किर्ते मुद्दाका आरोपितहरुलाई एक/एक लाख धरौटिमा छोड्ने आदेश दिएको छ । 

घटनाको पृष्ठभूमि 
वि।सं।=२०७१ सालमा ऋणी सुरेन्द्र श्रेष्ठले बैंक अफ काठमान्डूसँग सम्पर्क गरी ‘झापाको एउटा जग्गा आएको छ, साथीहरुले ल्याएको जग्गा हो । मलाई  केही व्यापार बिस्तार गर्न केही पैसा चाहिएको छ, हेरेर मिल्छ भने दिनुहोला ।’ प्रस्ताव राखे । बैंकको कमलादीस्थित मुख्य शाखामा उनले राखेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिइयो । उनी स्वयम् पनि जग्गा देखाउने भुपेन्द्र श्रेष्ठसँग जग्गा हेर्न झापा गए । साथमा पुराना मित्र ऋषिश्वर थपलियासमेत गए । सुरेन्द्रका अनुसार झापामा भुपेन्द्र र त्यहींका स्थानीय जग्गा दलाल प्रेमप्रसाद पाण्डेले लक्ष्मीपुर बजारस्थित महेन्द्र राजमार्गसँगै जोडिएको जग्गा देखाए । जग्गा राम्रो थियो र त्यही जग्गा हो भन्ने कागजातहरु ९जग्गाको लालपुर्जा, चारकिल्ला प्रमाणित, नक्सा इत्यादि ० उनीहरुसँग थियो । 

जग्गाधनी भनिएका प्रेमप्रसाद र बिचौलिया भुपेन्द्रसँग कुरा भयो । उनीहरुले सुरेन्द्रको नाममा जग्गा नामसारी गरेर सो जग्गा उनको कम्पनीमार्फत बैंकमा धितो राखेर पैसा निकाल्ने र सबैले बाँडेर चलाउने अनि आ–आफ्नो भागमा पर्ने साँवा र ब्याज नियमित रुपमा बैंकलाई बुझाउने सहमति भयो । 

त्यसपछि सुरेन्द्रले काठमाडौँ फर्किएर बैंकलाई सम्पूर्ण कागजपत्रसहित ऋण प्रक्रियाको लागि अनुरोध गरे । हेटौडा हुँदादेखि कै राम्रो कारोबार गरिरहेको ग्राहकले राखेको यो प्रस्तावमा बैंक सकारात्मक बन्यो । अनि आफ्नो विराटनगरस्थित कार्यालयलाई सबैकुरा बुझेर रिपोर्ट गर्न भन्यो । त्यो समयमा विराटनगरमा पूर्वक्षेत्रीय इन्चार्जका रुपमा गणेश लम्साल र शाखा प्रबन्धक किरणकुमार बोहरा थिए ।  

उनीहरु फिल्डमा गएनन् बरु बिचौलिया श्रेष्ठ र किर्ते कागजात बनाउने ठग पाण्डेलाई नै विश्वास गरे । स्रोतका अनुसार बोहोरा फिल्डमा त गए तर ति कागजात सही वा सक्कली हुन् वा होइनन् बन्ने छानबिन गरेनन् अथवा उनीहरुको प्रलोभनमा परे । जे होस्, किरणले पनि त्यही जग्गाको तस्वीर खिचेर लम्सालमार्फत काठमाडौँ पठाए जुन सुरेन्द्रले हेरेर आएका थिए ।

क्षेत्रीय कार्यालयबाट आएको रिपोर्ट सही नै देखेपछि बैंकले आफ्नो धितो मूल्यांकनकर्ता एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्सीलाई सो जग्गाबारे मूल्यांकनको जिम्मा दिइयो । त्यसका सञ्चालक भेषराज खत्रीले उक्त जग्गा राखेर उनले माग गरेजति ऋण प्रवाह गर्न सकिने रिपोर्ट पेस गरे । अब बैंककै भ्यालुएटरले समेत जग्गा सही ठहर्याएपछि ऋणी सुरेन्द्रदेखि बैंकका उपल्लो तहका कर्मचारीसमेतले केही कुरामा शंका गरेनन् । सहजै ऋण प्रवाह भयो ।

बीओकेका पूर्वसीईओ पक्राउ प्रकरणको डरलाग्दो पाटो

तनावमा बैंकका सीईओ, भोक निद्रा नै हरायो

पक्राउ परेका बैंक अफ काठमाण्डूका सीईओको लागि आर्थिक सहयोग जुटाउँदै बैंकर

प्रतिक्रिया दिनुहोस