aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा ंंंंंजिल्लाको मेचीनगर नगरपालिका वडा नं २, मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ ।

ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष,  ठाकुर प्रसाद शिवाकोटी र  बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले शुक्रबार एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए । 

 सो समारोहमा  ठाकुर प्रसाद शिवाकोटी र पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन््राइज बैंकले  वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस