
काठमाडौं । एक दर्जन वाणिज्य बैंकले एक खर्ब बढी निक्षेप संकलन गरेर बाजी मार्दा अरु बैंक भने सुस्ताएका छन् । निक्षेपको ब्याजदरको सिमा सबै बैंकका लागि एउटै हुँदा पनि किन अरु बैंकले निक्षेप संकलन गर्न सकेनन र १२ बैंकले मात्र निक्षेप संकलनमा फड्को मारे । अहिले प्रश्न सबैले यही गर्न थालेका छन् ।
करिव एक वर्ष अघि निक्षेपको ब्याजदर अचाक्लि बढेपछि ब्याजदरको सिमा तोकिएको थियो । सबै वािणज्य बैंकले ९.५ प्रतिशत भन्दा बढी ब्याज नलिने भद्र सहमति गरेका थिए । त्यही भद्र सहमति अनुसार बैंकहरुले निक्षेपको ब्याज लिने गरेका थिए । तर, केही बैंकले त्यो भद्र सहमति तोडदै भित्र भित्रै बढी ब्याजमा निक्षेप संकलन गर्दै आएका छन् ।
केही बैंक भने त्यही भद्र सहमति पालन गरेर बस्दा निक्षेप संकलनमा बाजी मार्न सकिरहेका छैनन् । चर्चित गित बिर्को लागेको सिसीमा कसरी पस्यो कमिला भनेजस्तै एउटै ब्याजदरमा निक्षेप संकलन गर्दा पनि कुनै बैंकको निक्षेप संकलन ह्वात्र्तै बढने र अर्को बैंकको निक्षेप संकलन भने नबढने कारण के हो भन्न थालिएको छ ।
पछिल्लो समय केही बैंकको निक्षेप संकलन र कर्जा लगानी अचाक्ली बढेको छ । १२ वाणिज्य बैंक मध्ये १० बैंकले एक खर्ब बढी लगानी गरेका छन् भने २ बैंकको लगानी एक खर्ब नजिक पुगेको छ ।
निक्षेप र कर्जा लगानीमा एनआइसी एशिया बैंकले अरु बैंकलाई पछाडि पारेको छ । एनआइसी एशिया बैंकले १ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६२ अर्ब लगानी गरेको छ ।
उक्त बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले पच्छयाउँदै अगाडि बढेको छ । राष्टिय वाणिज्य बैंकले १ खर्ब ७९ निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब कर्जा लगानी गरेको छ । केही समय अघि निक्षेप संकलनमा एक नम्बर बैंक बनेको राष्टिय वाणिज्य बैंकलाई एनआइसी एशियाले टप्दै एक नम्बर बनेको छ ।
निक्षेप संकलन र कर्जा लगानीमा नबिल बैंक तेस्रो नम्बरमा छ । उक्त बैंकले १ खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४१ अर्ब कर्जा लगानी गरेको छ । यसैगरी, नबिल बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पच्छाइरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३४ अर्ब कर्जा लगानी गरेको छ ।
यसैगरी, ग्लोबल आइएमइ बैंक निक्षेप र कर्जा लगानीमा चौथो स्थानमा छ । उक्त बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा लगानी गरेको छ । ग्लोवल आइएमई बैंकलाई एभरेष्ट बैंकले पच्छाइरहेको छ । निक्षेप संकलनमा ग्लोबल आइएमइ बैंकको भन्दा एभरेष्ट बैंक अगाडि छ । एभरेष्ट बैंकले १ अर्ब ३४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १६ अर्ब कर्जा लगानी गरेको छ । कर्जा लगानीका हिसाबले एभरेष्ट भन्दा ग्लोबल आइएम अगाडि देखिएता पनि निक्षेप संकलनमा भने एभरेष्ट नै अगाडि छ ।
त्यसैगरी, एनएमबी बैंकले १ खर्ब २३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १४ अर्ब कर्जा प्रवाह गरेको छ । कृषि विकास बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १२ अर्ब लगानी गरेको छ । साथै सिद्धाथ बैंकले १ अर्ब १५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १२ अर्ब कर्जा लगानी गरको छ । हिमालयन बैंकले १ खर्ब १५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब लगानी गरेको छ ।
निक्षेप संकलन नेपाल बैंक र प्रभु बैंकले पनि एक खर्ब बढी गरेपनि कर्जा लगानी भने एक खर्ब भन्दा कम छ । नेपाल बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेर ९६ अर्ब लगानी गरेको छ भने प्रभु बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९५ अर्ब लगानी गरेको छ । अन्य बैंकको भने निक्षेप संकलन र कर्जा लगानी दुवै एक खर्ब भन्दा कम छ ।
प्रतिक्रिया दिनुहोस