aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्राइम कमर्सियल बैंकले बाेनस दिने घाेषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
प्राइम कमर्सियल बैंकले बाेनस दिने घाेषणा

काठमाडौं । प्राइम कमर्सियल बैंककाे साेमबार बसेकाे सञ्चालक समिति बैठकले १६% बोनस दिने घोषणा गरेको छ । बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष पनि प्राइमले १६% नै बोनस सेयर वितरण गरेको थियो । कर तिर्ने पैसा भने लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ । 

बैंकले १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार १६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार पुग्नेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस