
काठमाडौं । छिमेक लघुवित्तको १८औं वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले २७ दशमलव ११८६ प्रतिशत बोनस शेयर र १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर समेत)वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ । साथै अन्य वित्तीय संस्था एक आपसमा गाभिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने जस्ता विषयहरु रहेका छन् ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १६ गतेदेखि ३० गतेसम्म बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस