aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

५ करोड रुपैयाँसम्म सहुलियत कर्जा दिनुः राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
५ करोड रुपैयाँसम्म सहुलियत कर्जा दिनुः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमाेजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी संशोधित व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन निर्देशन जारी गरेको हो । संशोधित कार्यविधि अनुसार कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाइनेछ । यो ऋण उद्योग सञ्चालनका लागि नै प्रयोग गर्नपर्ने छ । 

यदि, अन्य प्रयोजनका लागि उक्त रकम प्रयोग भएमा साँवा रकममा १५% सम्म ब्याज असुल गर्ने केन्द्रीय बैंकले जनाएको छ । यस प्रकारको कर्जाका लागि धितो आवश्यक हुनेछ ।

प्रतिक्रिया दिनुहोस