aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश पाउन मंसिर १० गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको छ । यस वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर समेत गरी ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २० गते वार्षिक साधारण सभा बोलाएको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने भएको छ । 
लक्ष्मी बैंकको ७० प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीको चुक्तापुँजी २७ करोड ८३ लाख रहेको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोषमा २१ करोड ३ लाख १२ हजार रहेको छ । असोज मसान्तसम्म ३ करोड १७ लाख ६८ हजार खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस