काठमाडाैं । बैंकभित्र पसेर बाँदरले पैसाको बिटो समाएको एक भिडिओ अहिले सामाजिक सञ्जालमा भइरल भएकाे छ। यो घटना नवलपरासीको बर्दघाट नगरपालिका-४ मा रहेको गरिमा बैंकमा भएको हो।
एक ग्राहकसँगै बैंकभित्र पसेको बाँदरले सबैलाई अच्चमित पार्दै पैसा बोकेको थियो। बाँदरले पैसा लुटेर भागेको हल्ला फैलिए पनि त्यसो नभएको गरिमा बैंकले जनाएको छ।
बैंककी एक कर्मचारीले भनिन्- पैसा साट्न आएका ग्राहकले बैंकभित्र नै बाँदर ल्याएका थिए। उनले आफ्नो पैसा बाँदरलाई नै बोक्न लगाएका थिए। बाँदर देखेर सबैजना उसैलाई हेर्न थाले।
बैंकभित्र छिरेपछि भने बाँदरले बोकेको पैसा कसैलाई छुन पनि दिएन। बरू बोकेर यताउता हिँडन् थाल्यो।
‘बैंकका कर्मचारीले पैसा माग्न खोजे पनि लुकाउन खोज्यो,’ ती कर्मचारीले भने,‘अर्का कर्मचारीले पनि चेक बुक दिएर पैसा लिन खोज्नुभयो तर बाँदरले मानेन।’
पछि ती ग्राहकले जसोतसो बाँदरबाट पैसा लिए। काम सकेर ग्राहक र बाँदर फर्किए।
प्रतिक्रिया दिनुहोस