
काठमाडौं । कैलाश विकास बैंकले १६ प्रतिशत बोनस शेयर र २ दशमलव ७७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कैलाश विकास बैंकको लाभांश प्रस्ताव विकास बैंक समूहमा अहिलेसम्म सबैभन्दा उच्च हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि र बैंकको आगामीसाधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् । हाल बैंकको चुक्तापूँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस