
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (Grameen Bikas Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १६ करोड ४४ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवाधिमा नाफा १४ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।
६५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्रामीण विकासले जगेडाकोषमा ५६ करोड २ लाख रुपैयाँ छुटाएको छ ।
ग्रामीणले निक्षेपमा ४ अर्ब ७६ करोड रुपैयाँ संकलन गरी कर्जामा ९ अर्ब ६८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा १३ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको हो ।
ग्रामीण विकास लघुवित्तको खुद व्याज आम्दानी ११ दशमलव २० प्रतिशतले बढेर ६६ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ७५ प्रतिशतले बढेर २१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
जसको निष्कृय कर्जा ४ दशमलव ७६ प्रतिशत, जोखिम युक्त सम्पत्ति ८ दशमलव ८४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३३ दशमलव ४७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव ३३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८५ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात ४ दशमलव २४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस