
काठमाडौं । कृषि विकास बैंक स्वयम्भु शाखामा तत्कालिन कार्यरत कर्मचारी केदार गौतमबाट बैंकको आन्तरीक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रकम हिनामिना गरेको देखिएको बैंकले जनाएको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै केदार गौतम लगायत अनियमिति कार्यमा संलग्न अन्य व्यक्तिलाई बैकिङ्ग कसुर अन्र्तगत अदालतमा मुद्दा चलिरहेको र केदार गौतम लगायत अनियमिततामा संलग्न व्यक्तिहरु कैद भोगिरहेका स्पष्ट पारेको छ ।
उक्त हिनामिना भएको रकममा बैंकका कुनै पनि निक्षेप ग्राहकहरुबाट राखीएको निक्षेपको दुरुपयोग तथा हिनामिना नभएको तथा निक्षेप ग्राहकहरुको निक्षेप पूर्ण सुरक्षीत रहेको समेत बैंकले जानकारी गरकाएको छ । उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन भै तत्काल बैकमा कार्यरत कर्मचारी केदार गौतम लगायत अनियमिततामा संलग्न विरुद्ध भ्रष्टाचार मुद्धा समेत दायर भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस