aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी बैंकका नयाँ शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
लक्ष्मी बैंकका नयाँ शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११८औं र ११९औं शाखा कपिलवस्तुको ग।ेरुसिङे र पकडिमा संचालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । 

यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यी शाखाका विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले दावी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस