
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ सर्लाहीको मलंगवा नगरपालिकामा र धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालयहरुको सञ्चालनमा ल्याएको छ । मलंगवा नगरपालिकामा शाखा कार्यालयको सोमबार नगरपालिकाका नगर प्रमुख निरसल साहले र छिरेश्वरनाथ नगरपालिकामा मंगलबार नगर प्रमुख योगेन्द्र पजियारले उद्घाटन गरे ।
चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्स कम्पनीको काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित बनेपा, पोखरा, सबैला, तथा यी दुई शाखा समेत गरी जम्मा ६ शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मिस्थान, काठमाण्डौको तीनकुने तथा भक्तपुरको थिमिमा गरी ४ एक्सटेन्सन काउण्टरहरु मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको फाइनान्स कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनले समारोहलाई सम्बोधन गर्ने क्रममा बताए । फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले वित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रोग्रेशिभ फाइनान्सका संचालकहरु लक्ष्मी प्रसाद महर्जन, समुन्द्रकाजी श्रेष्ठ, बजार व्यवस्थापन विभागका रबिन महर्जन, शाखा प्रबन्धकहरु ल्गायत त्यस क्षेत्रका वित्तीय संस्थाका पदाधिकारी, सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी, समाजसेवी, सरकारी कार्यालयहरुका प्रतितिधि, सुरक्षा प्रमुख तथा सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस