aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कृषि विकास बैंकको ऋणपक्रले पायो रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
कृषि विकास बैंकको ऋणपक्रले पायो रेटिङ

 काठमाडौं । कृषि विकास बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्राले कृषि विकास बैंकलाई केयर एनपी एलए रेटिङ प्रदान गरेको छ । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो ।

 केयर एनपी एलए रेटिङले ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको देखाउँछ । बैंकले  ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कात्तिक २५ गते निवेदन दिएको हो ।

 विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले ७ वर्षको लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा बि.स २०८३ सम्मको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।  स्वीकृत पाएपछि बैंकले १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ । बाँकी १५ लाख कित्ता बैंकले ब्याक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस