काठमाडौं । कात्तिक मसान्त सम्ममा सानिमा इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य ९ दशमलव ६९ रुपैयाँ छ । असोज मसान्त सम्ममा प्रतिइकाई खुद मूल्य ९ दशमलव ५९ रुपैयाँ थियो । कात्तिक मसान्त सम्ममा योजनाले सुचिकृत शेयर,बैंक मद्दती निक्षेप,डिबेन्चर, सार्वजानिक निष्कासन ,हकप्रद शेयर र बोनस शेयर गरेर कुल ९७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।
यो लगानी असोज मसान्त सम्ममा ९६ करोड १२ लाख रुपैयाँ थियो । प्राप्त भइसकेको आम्दानी १ करोड ८४ लाख रुपैयाँ छ भने प्राप्त भइनसकेको आम्दानी ५ करोड १८ लाख रुपैयाँ छ । यस योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो । नेपाल धितोपत्र बोर्डबाट २०७४ कात्तिक २७ गते सञ्चालनको अनुमति पाएको हो । योजनाको म्याच्युरिटी समय २०८१ पुस १० गते रहेको छ ।
प्रतिक्रिया दिनुहोस