aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैकिङ्ग कसुर लागेका महर्जन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
बैकिङ्ग कसुर लागेका महर्जन पक्राउ

ललितपुर । बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्दामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो । महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले  जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस