aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एन आई सी एसिया क्यापिटललाई आईएसओ प्रमाणपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
एन आई सी एसिया क्यापिटललाई आईएसओ प्रमाणपत्र

काठमाडौं । एन आई सी एसिया क्यापिटलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ ः २०१५ प्रमाणपत्र प्राप्त गरेको छ । एन आई सी एशिया क्यापिटल यस्तो प्रमाणपत्र प्राप्त गर्ने पहिलो मर्चेन्ट बैंक हो । 
 एन आई सी एसिया क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया बैंक म्युचुअल फन्डअन्तरर्गतको सामूहिक लगानीकोष योजना  एन आई सी एशिया ग्रोथ फण्ड तथा एन आई सी एशिया ब्यालेन्सड् फण्ड सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस