
काठमाडौं । बैंकिङ प्रणालीमा सुरक्षाका विषयलाई लिएर प्रश्न उठिरहेका बेला फेरि एकपटक विभिन्न बैंकबाट अनाधिकृत रुपमा लाखौ रुपैयाँ चोरी गर्ने कार्यमा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न डेढ दर्जन बैंकका खातामा फर्जी कागजपत्र बनाएर अनाधिकृत रुपमा रकम निकालेको पाइएपछि प्रहरीले अन्शन्धान गर्दा सो समूह फेला परेको हो । उक्त समूहलाई प्रहरीले पक्राउ गरी केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । विभिन्न बैंकमा अनाधिकृत रुपमा रकम निकाल्नका लागि बैंककै कर्मचारीको समेत संलग्नता भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस