
काठमाडौं । लक्ष्मी बैंकले कपिलवस्तुको गोरुसिङे र पकडिमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११८ र ११९ औँ शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा सञ्चालनमा ल्याएको हो ।
मंगलबार आयोजित कार्यक्रममा बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माँझ वित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको पनि विज्ञप्तीमा जनाइएको छ ।
त्यस्तै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवाविस्तार गर्दै आएको पनि बताइएको छ ।
यो शाखासँगै बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्टत तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरु रहेको बैंकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस