aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बीमा सुविधासहित “मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता” सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
बीमा सुविधासहित “मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता” सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ÷संस्था तथा विषयगत सहकारी संघ÷संस्था लगायत अन्य संघ÷संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो । 

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात एक हजारमा कुनै पनि माथि उल्लेखित संघ÷संस्थाले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस खाता खोलेका संघ-संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । 

मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ । 

साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात एक सयमा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । 

यसका साथै, कुनै पनि संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिनेछ । 

यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क भिजा डेबिट कार्ड पाउनेछन् । 

यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ÷संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस