aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुक्तिनाथ विकास बैंकले ल्यायो संस्थागत र व्यक्तिगत उपलब्धि खाता, यस्तो छ विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
मुक्तिनाथ विकास बैंकले ल्यायो संस्थागत र व्यक्तिगत उपलब्धि खाता, यस्तो छ विशेषता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैरसरकारी संघंस्था, विभिन्न व्यापार व्यवसायका छाता संगठन, बचत तथा ऋण सहकारी संघसंस्था तथा विषयगत सहकारी संघसंस्थालगायत अन्य संघसंस्थालाई लक्षित गरी ‘मुक्तिनाथ संस्थागत उपलब्धि खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । 
मुक्तिनाथ संस्थागत उपलब्धि खाताअन्तर्गत न्यूनतम मौज्दात  १ हजार रुपैयाँमा खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघसंस्थाका सञ्चालक समितिका सदस्य, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धि चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ सुविधा लिन सकिनेछ । 
त्यस्तै मुक्तिनाथ व्यक्तिगत उपलब्धि बचत खाताअन्तर्गत न्युनतम मौन्दात सय  रुपैयाँमा संस्थाका सम्पूर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । साथै कुनै पनि संघसंस्थामा कार्यरत कर्मचारीलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी बिना धितो कर्जा सुविधा प्रदान गरिनेछ । यस व्यक्तिगत उपलब्धि बचत खाताअन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैंकिङ सुविधा तथा इन्टरनेट बैकिङ सुविधाका साथै निः शुल्क भिसा डेबिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ । 
यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धि खाता भएका संघसंस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यले मात्र व्यक्तिगत उपलब्धि बचत खाता खोल्न सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस