aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने तयारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।
बैंकले १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ साथै १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा वि.संं. २०८६ सम्मको लागि ऋणपत्र निष्कासन गर्नेछ । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस