aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भोलि नेपाल एसबीआई र गरिमाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
भोलि नेपाल एसबीआई र गरिमाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । मंसिर १२ गते बिहीबार नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले शुक्रबारदेखि बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजको आधारमा लाभांश पाउन र साधारण सभामा भाग लिन बिहीबारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
यस वर्ष नेपाल एसबिआईले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव मंसिर २९ गते बार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । त्यस्तै गरिमा विकास बैंकले १६ दशमलव १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८५ प्रतिशत नगद लाभांशको प्रस्ताव मंसिर २७ गतेको साधारण सभाबाट पारित गर्दैछ ।

प्रतिक्रिया दिनुहोस