
काठमाडौं । प्रभु बैंक लिमिटेड, बबरमहल, काठमाण्डौंको “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १० प्रतिशत व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
कूल २०,००,००० कित्ता डिबेन्चरमध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ । उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच प्रभु बैंक डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस