aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिटिजन्स बैंकका ग्राहकलाई स्पार्क हेल्थ होम हस्पिटलमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
सिटिजन्स बैंकका ग्राहकलाई स्पार्क हेल्थ होम हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि.,बिच बैंकका ग्राहक महानूभावहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउने व्यबस्था गरिएको बैंकले जनाएको छ ।   

 सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका  ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस