aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जनता बैंकका सञ्चालक जनताको पैसामा अन्तिम घुमघाममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
जनता  बैंकका  सञ्चालक जनताको पैसामा अन्तिम घुमघाममा
युरोप भ्रमण टोलिका एक सदस्य बैंकका सचिव विश्व सुवेदी

काठमाडौं । जनता बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा मर्ज हुने भएपछि जनता बैंकका सञ्चाकल,  र कम्पनी सचिव जनता बैंकको पैसामा अन्तिम घुमघाममा निस्केका छन् । गतहप्तादेखि जनता बैंकका अध्यक्ष केशव रायमाझी, सञ्चालक मिनाकुमारी शैजु र कम्पनी सचिव विश्व सुवेदी युरोप भ्रमणमा रहेका छन् ।

मंसिर २० गते ग्लोबल आइएमइ र जनता बैंकको एकिकृत कारोबार गर्ने तयारी गरिहेका बेलामा जनताको सञ्चालक  नै विदेश भ्रमणमा गएका कारण जनता बैंकको तर्फबाट एकिकृत कारोबारको पछिल्लो अपडेट नै नभएको जनता बैंक स्रोत बताउछ ।

 मंसिर २० गते एकिकृत कारोबारको तयारी गरेपनि जनता बैंकको सञ्चालक समिति अध्यक्ष  भने मंसिर २२ गते नेपाल फर्कने कार्यक्रम रहेको बैंक स्रोतले बताएको छ । मर्जपछि बन्न सञ्चालक समितिमा केशब रायमाझी सञ्चालक हुँदै छन भने शैजू र सुवेदी भने मर्जपछिको बैंकमा कुनै भूमिकामा रहने छैनन् । 

प्रतिक्रिया दिनुहोस