
काडमाडौं । सधना लघुवित्त वित्तीय संस्थाले नेपालभर आफनो कार्यक्षेत्र विस्तार गरेको छ । कम्पनी ऐन २०६३ अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहेको थियो ।
क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी मिति २०७४ कार्तिक २२ गतेबाट गोरखा नगरपालिका, वडा नं ६, हरमटारीमा केन्द्रीय कार्यालयवाट वित्तीय कारोवार गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर ११ गतेको पत्र अनुसार नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त भई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको हो ।
साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखा नगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष श्री कृष्ण वहादुर थापाले बताए ।
संस्थाको कुल निक्षेप रु ४० करोड, कुल लगानी १ अरव ४५ करोड, शाखा संख्या कुल ४७, सदस्य संख्या ३९,००० रहेको छ । वित्तीय संस्थाको हालको चुक्ता पूँजी रु १४ करोड ७० लाख रहेको छ ।
सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्ता पूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस