
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत प्रमाणपत्र प्रदान गरेको हो । मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउन्टर, ११२ वटा एटीएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु छन् ।
प्रतिक्रिया दिनुहोस