
काठमाडौं । लक्ष्मी बैंकको १९औं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६४२ रहेको छ, बोनस वितरण पश्चात सो पूँजी रू. ९ अर्ब ८१ करोड २५ लाख ५९ हजार ५०७ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस