aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सूर्योदय लघुवित्तले ४६ प्रतिशत लाभांश दिने, शतप्रतिशत हकप्रदको पनि तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
सूर्योदय लघुवित्तले ४६ प्रतिशत लाभांश दिने, शतप्रतिशत हकप्रदको पनि तयारी

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस ५ गते हुने भएको छ । सभाले ४४ दशमलव ४७७८ प्रतिशत बोनस शेयर र २ दशमलव ३४०९ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसमेत) वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीको प्रस्तावमा सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने, २ लघुवित्त गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था  नाममा कारोबार गर्ने, संस्थाको चल अचल सम्पत्ति र मूल्यांकन प्रतिवेदनका आधारमा स्वाप रेसियो १ बराबर शून्य दशमलव ९७ (१ः०.९७) निधारण गर्ने, दुवै संस्था एकीकृत भइ कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विषयमा सभा  निर्णय गर्नेछ ।


 

प्रतिक्रिया दिनुहोस