aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गुडवील फाइनान्सले १२ प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
गुडवील फाइनान्सले १२ प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्ने

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । सात वर्षे अवधिको वार्षिक १२ प्रतिशत ब्याजदरमा कम्पनीले ऋणपत्र जारी गर्न लागेको हो । विक्रम सम्बत् २०८३ मा परिपक्क हुने यो ऋणपत्र निष्कासनका लागि कम्पनीले मंसिर ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कुल कित्तामध्य १ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गर्नेछ भने १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संग संगठनहरुलाई विक्री गर्नेछ । यस ऋणपत्रको मूल्य प्रतिकित्ता १००० रुपैयाँ रहनेछ । सार्वजनिक निष्कासनको शेयर विक्री प्रबन्धकका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

वित्त समूहबाट पहिलो पटक गुडवील फाइनान्सले ऋणपत्र विक्री गर्न लागेको हो । वाणिज्य बैंकहरुलाई चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने अवस्थामा अन्य समूहका कम्पनीहरुले पनि यसलाई प्राथमिकतामा राखेको देखिन्छ । गुडवील फाइनान्सको चुक्तापूँजी  ८० करोड रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस