काठमाडौं । सानिमा म्युचुअल फन्डले दोस्रो योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फन्डले सानिमा लार्ज क्याप फन्ड सञ्चालनका लागि १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो ।
फन्डले बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई दिएको छ । हाल पहिलो योजनाको रुपमा सानिमा म्युचुअल फन्डले सानिमा इक्विटी फन्ड सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस