
काठमाडौं । आरएमडिसी लघुवित्तको वार्षिक साधारणसभा शुक्रबार(भोलि) हुने भएको छ । लघुवित्तको वार्षिक साधारणसभा बुटवलमा विहान ९ बजे सुरु हुने भएको संस्थाले जनाएको छ । सभाले प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित , चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।
कम्पनीले अन्य समान प्रकृतिका वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने वा प्राप्तीको लागि आवश्यक प्रकृया अघि बढाउन सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ छ । साधारण सभा प्रयोजनका लागि कात्तिक २९ गतेदेखि बुक क्लोज गरिएकाले कात्तिक २८ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया दिनुहोस