aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अर्को लघुवित्तको आइपीओ आउँदै, शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
अर्को लघुवित्तको आइपीओ आउँदै, शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ६ लाख ३० हजार कित्ता साधारण शेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ सय रुपैयाँ अंकित दरले हुने कुल रकम ६ करोड ३० लाख रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो । 

उक्त शेयर  विक्री गर्ने ग्लोबल आइएमई क्यापिटललाई विक्रि प्रबन्धक बिहिवारका नियुक्त गरेको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उक्त सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए । 

 गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ । 

 एक्विजिसन साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको संस्थाले जनाएको छ । हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात् जारी तथा चुक्ता पुँजी. २१ करोड रुपैयाँ पुग्ने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस