aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पोखरा फाइनान्सद्वारा लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
पोखरा फाइनान्सद्वारा लाभांश प्रस्ताव

काठमाडौं । पोखरा फाइनान्सले चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार सम्पन्न ४७१औं बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव २० गरी कुल १४ दशमलव २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी २३औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ७२ लाख ७२ हजार ६२१ रहेको छ बोनस वितरण पश्चात सो पुँजी  ९१ करोड ७२ लाख ८१ हजार ७०४ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस