aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

माछापुच्छ्रे बैंकका एटीएम र पीओएस मास्टर कार्डमा आबद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
माछापुच्छ्रे बैंकका एटीएम र पीओएस मास्टर कार्डमा आबद्ध


काठमाडौं । माछापुच्छ्रे बैंकको सबै एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन)  अब मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ । विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आबद्ध भएको हो । 
बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टरकार्र्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका एटीएम र पीओएसमा भीसा, यूनियन पे, मास्टरकार्ड  र मेस्ट्रो कार्ड प्रयोग गर्न सकिनेछन् । 
माछापुच्छ्रे बैंक १४४ वटा शाखा, १३७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस