aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुक्तिनाथ विकास बैंकको शेयर लिलामी आइतबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
मुक्तिनाथ विकास बैंकको शेयर लिलामी आइतबार अन्तिम दिन

काठमाडौं  । मुक्तिनाथ विकास बैंकले अवितरित हकप्रद शेयर लिलामीमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । बैंकले संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता तथा सर्वसाधारणतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता गरी कुल ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । यसअघि बैंकले भदौ १२ गतेदेखि असोज १५ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । त्यस अवधिमा पूर्ण आवेदन नपरेपछि बैंकले बोलकबोल बढाबढ गरी शेयर विक्री गरेको हो । 

आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुमार्फत गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने हुन्छ । हकप्रद विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । दोस्रो बजारमा बिहीबार यस कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता  ३१३ रुपैयाँ कायम भएको छ । यस हकप्रद शेयर खरिद कर्ताले समेत पाउने गरी कम्पनीले १७ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस